१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनसीसी इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम



काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिंदै प्रथम पुरस्कार जितेकी छिन्।

शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै घिमिरेले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै १ लाख पुरस्कार प्राप्त गरेकी छिन् । तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कार नगद ३० हजार रुपैयाँ जितेकी छिन् ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र पूर्व मिस नेपाल सुगरिका केसी रहेका थिए ।

एनसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई एउटै म१चमा ल्याउनुका साथै भविष्यमा अगाडी बढ्न थप हौसला प्रदान गरेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । यस्तै कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा बद्री केसीले बताए । उनले सम्पूर्ण विजेतालाई बधाई दिँदै दोस्रो पुस्ताका नेपालीहरुको उत्साहपूर्ण सहभागीता रहेको भन्दै खुशी व्यक्त गरे।

एनसीसी इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने २ जना अतिथी वक्ताहरु ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ०२ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।