८ बैशाख २०८३, मंगलबार | April 22, 2026

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित



काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ ।

समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : ५९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति