३१ श्रावण २०८३, आइतबार | August 16, 2026

‘जडिबुटी खाएका पशुको मासुको माग विदेशमा बढ्दै’



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताएका छन् ।

चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताए । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उनको जोड थियो ।

“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भने ।

प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उनको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताए ।

हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : ०५ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच