२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बुटवलमा आजदेखी औद्योगिक व्यापार मेला सुरु हुँदै, उर्जामन्त्री खड्काले उद्घाटन गर्ने



बुटवल । बुटवलमा आजदेखी औद्योगिक व्यापार मेला बुटवल-२०८१ सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल-२०८१ सुरु हुन लागेको हो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलाको सबै तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघका तथा मेला कार्यसम्पादन समितिका संयोजक अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए । नेपाल सरकारका उर्जामन्त्री दिपक खड्काले बिहान ११ मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि अर्यालले बताए ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो ।

बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका अर्यालले जानकारी गराए ।

औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यावसायिकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोबाईल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछन् ।

१६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागि हुने छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको पनि अर्यालले जानकारी दिए ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यंग्य, व्यटि शो र टिकटक प्रतियोगिता लगायतका प्रतियोगिता गरिने छ । त्यसैगरी ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले जानकारी दिए ।

मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असक्त, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : ३२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ