१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

आसामका पूर्वमुख्यमन्त्री तरुण गोगोईलाई कोरोना संक्रमण



भारतको पूर्वोत्तर राज्य आसामका पूर्वमख्यमन्त्री तरुण गोगईलाई कोरोना पोजेटिभ देखिएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री मन्त्री गोगोई आफैले ट्वीट गरेर कोरोना संक्रमण भएको पुष्टि गरेका हुन ।

८५ वर्षीय गोगाईले ट्वीटमा भनेका छन्, ‘हिजो मेरो कोभिड-१९ को टेष्ट रिपोर्ट पोजेटिभ आयो । पछिल्ला केही दिन यता मसँग सम्पर्कमा आएका सबैले तुरुन्त कोभिड जाँच गराउन जरुरी छ ।’

२०२१ मा हुने आसम विधानसभा चुनावका लािग पार्टीलाई बलियो बनाउने उद्देश्यले गोगाई केहीदिन यता आसामका कैयौं क्षेत्रको भ्रमण गरेका छन् । पूर्वमुख्यमन्त्री गोगोईको कोरोना जाँच रिपोर्ट मंगलबार आएको थियो ।

यससमय आसाममा कोरोना संक्रमित बिरामीको संख्या ९४ हजार ५९२ रहेको छ । राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६० पुगेको छ । ७३ हजार ९० बिरामी संक्रमणबाट मुक्त भएका छन् ।

आसाममा नेपाली भाषी समुदायको ठूलो बसोबास रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ४७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम