१४ असार २०८३, आइतबार | June 28, 2026

कारागारमा कोरोना संक्रमण फैलिएकोमा मानवअधिकार आयोग चिन्तित



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका कारागारहरुमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै कारागारभित्र संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह गरेको छ ।

काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सा लगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा समेत कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

देशका अधिकांश कारागारहरुमा क्षमता भन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरु रहेको भन्दै आयोगले कोरोनाका कारण कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको जनाएको छ ।

‘बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाँदा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदा समेत कोरोनाको जोखिम उच्च रहने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतःक्षमता भन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारहरुमा कोभिड–१९ को संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पनि पछि पनि संक्रमण हुन सक्ने संभावना रहेकोले कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी–बन्दीहरुबाट छुट्टै राख्ने व्यवस्था गर्न आयोगले आग्रह गरेको छ ।

कारागारभित्र रहेका कैदी–बन्दीहरुको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि आयोगले सरकारलाई आग्रह गरेकोछ ।

कोभिड–१९ को संक्रमण बढेसँगै कारागारहरुमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीहरुले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोग समक्ष अनुरोध गरेको थिए । देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् ।

 

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ३ : २८ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष