२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

बागलुङको ताराखोला जाँदै हुनुहुन्छ ? स्थानीय कोसेली ल्याउन नभुल्नु नी !



बागलुङ । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ ।

‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख रुपैयाँ बजेट छ ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ ।

“भवन बनाएर यो वर्षभित्रै सेवा शुरु गर्ने योजना छ”, अध्यक्ष घर्तीले भने । कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडिबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोशेली घर’मा राख्ने सोच गाउँपालिकाको छ । दूध, घिउलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले किसान, उद्यमीबाट उत्पादन खरिद गर्ने र त्यसलाई बजारसम्म पु-याउने उद्देश्यसहित ‘कोशेली घर’को अवधारणा अघि सारिएको थियो । “ताराखोला घुम्न आउने पर्यटक, पाहुनाका लागि पनि यहाँको उत्पादन बेच्न सकिन्छ”, अध्यक्ष घर्तीले भने, “यसबाट गाउँघरमै आयआर्जनको बाटो खुल्छ ।”

ताराखोलाबाट नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठ, च्याउ, गेडागुडी, आलु, भाँगोलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । निगालोबाट बन्ने डोका, डालाडीली, नाङ्ला, काइँयोजस्ता हस्तकलाका सामग्री पनि त्यहाँ उत्पादन हुन्छ ।

ताराखोलाको पहिचान झल्काउने गरी ‘कोशेली घर’ बनाउनुपर्ने स्थानीयवासी बिर्बलाल घर्तीले बताए । उनले व्यवसाय र उद्यमशीलता प्रवद्र्धन गर्ने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिए ।

ताराखोला कृषि, पशुपालन र वनजन्य उद्यमका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पशुपालनतर्फ भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलु, भाँगोमा गाउँपालिका आत्मनिर्भर छ । ताराखोला आलु खेतीले अझ बढी चिनिन्छ ।

गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।-रासस

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ३ : ४२ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख