५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बिल नभएका सामग्रीसहित दुई भारतीय पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोवाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त घटनाको विषयमा प्रहरीले अनुस्न्धान गरिरहेको छ ।

गाई काटेको अभियोगमा पक्राउ

उता, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने शङ्खुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ ।

चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

त्यसपश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ६ : ११ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको