२४ भदौ २०८३, बुधबार | September 9, 2026

लुम्बिनी कप महिला फुटवल फागुन १९ गते देखि



नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।

यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए। लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटवल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ।

सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटवलको विकासकालागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटवल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए। ‘लुम्बिनी कप महिला फुटवल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट वन्ने निश्चित छ,’ शाहले भने, ‘फुटवल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ।’

प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सवैलाई हार्दिक अपिल गर्दछौं – अन्तरालका शाहले भनेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : २३ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने