१४ भदौ २०८३, आइतबार | August 30, 2026

मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सिकाई आवश्यक



बर्दिया । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत छात्रा सिता थारुले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले अहिल्यैदेखि सिक्न सके यसक्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने बताइन् । साथै उनले विद्यालय आउँ जाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रोसंग ध्यान दिन नसकेको बताइन् ।

कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्तर्गत मानव र वन्यजन्तु बीचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयविज्ञ मदन ज्ञवालीले छलफलको सहजीकरण गरेका थिए । उनले विद्यार्थिहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको बिषयमा जानकारी गराएका थिए ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम समुदायका लागि सञ्चार अभियान नेपालको आयोजनामा बाँके र बर्दियामा सञ्चालित रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ३२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ