२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतमा जारी कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण पदक



भारत । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा शनिबार बाट अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ ।
भारतको पुणे स्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितमा शनिबार सम्पन्न बिभिन्न उमेर समुहको काँटा प्रद्वर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

नेपालको तर्फबाट उत्कृष्ट काटा प्रद्र्वशन गरेका १० वर्ष मुनिका खेलाडी समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका छन । यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन ।

भारतिय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका विभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत आज र भोली विभिन्न उमेर र तौल समूहको अन्तिम फाईनल हुने छ । नेपालको तर्फबाट विभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका अध्यक्ष केबी रानाले बताए ।

नेपाली प्रतियोगि खेलाडीहरूको प्रदशर्न उत्कृष्ट रहेको उनले बताए । यस अघि शनिबार प्रतियोगिताको उद्घघाटन भारतिय सिने अभिनेता डा सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो बिधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पु¥याउने बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : २५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त