१२ असार २०८३, शुक्रबार | June 26, 2026

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन



काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको थियो ।

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ ।

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।

‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए ।

‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।

सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।

प्रदर्शनकारीले कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा लगाएका थिए ।

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ६ : १३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३