९ पुस २०८२, बुधबार | December 24, 2025

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष प्रचण्डले आज साँझ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गरेका थिए । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव वैद्यले आइसियुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी दिए । अध्यक्ष प्रचण्डले बैद्यको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : २५ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार