२० मंसिर २०८२, शनिबार | December 6, 2025

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय



काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल सङ्घ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गरिने चेतावनी दिइरहँदा नेपाल ओलम्पिक कमिटीको नव निर्वाचित कार्य समितिको बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेर बिभिन्न निर्णय गरेको हो ।

बैठकले निर्वाचन सफलताका साथ सम्पन्न गर्ने निर्वाचन आयोगका संयोजक अधिवक्ता बसन्त बहादुर बस्नेत, अधिवक्ता संजिब कुमार आचार्य, अधिवक्ता इन्दु कार्कीलगायतलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले नेपालको ओलम्पिक अभियानमा निरन्तर महत्वपूर्ण योगदान पु¥याउदै आएका नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलन संघका निर्वतमान अध्यक्ष रतन कुमार टण्डनलाई ओलम्पिक कमिटीको विद्यान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गरेको छ ।

पहिलो बैठकले नेपाल ओलम्पिक कमिटीकोतर्फबाट कुनै पनि अड्डा अदालतमा कानुनी काम कार्वाही गर्न कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई कमिटीको तर्फबाट अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको नेपाल ओलम्पिक कमिटीले आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उता आजै पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित कार्य गर्ने ओलम्पिक कमिटी र निर्वाचनमा सहभागी भएका राष्ट्रिय खेल सङ्घमाथि कारबाही हुने बताएका छन् ।

“नेपाल ओलम्पिक कमिटी र खेल सङ्घको गतिविधिलाई नेपाल सरकारले सहज रुपमा लिएको छैन । खेल सङ्घलाई तीन दिनको समय दिएर स्पष्टिकरण सोधेका छौँ । जवाफ प्राप्त भएपछि कारबाही प्रक्रियाअघि बढाउँछौँ”, मन्त्री चौधरीले भनेका छन् ।

मन्त्री चौधरीले २७ खेल सङ्घमध्ये २० वटाले ओलम्पिक कमिटीको निर्वाचनमा अनलाइनमार्फत भोटिङ गरेको र अदालत तथा सरकारको निर्देशन अवज्ञा गरेको बताए ।

सरकारको निर्देशनविपरीत शनिबार निर्वाचन गरेर ओलम्पिक कमिटीले नेतृत्व चयन गरेको थियो । अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ पुनःअध्यक्ष बनेको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ०८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल