२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनको डोङग्वान लाओयु क्लबलाई



कास्की । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।

पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो ।

नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो ।

यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।

नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : २१ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब