२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका



नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए । उनका अनुसार गाईभैँसीमा हुने बाँझोपनको पहिचान गरी समस्या समाधान गर्न परीक्षण थालिएको हो ।

हालसम्म आठ वटा वडामा १८ किसानले पालेका २१ गाई र तीन वटा भैँसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । “किसानले पालेका गाईभैँसीमा बाँझोपनको समस्या भएपछि किसानलाई पशुधनको सुरक्षणमा चुनौती थपिएकाले पालिकाबाट निःशुल्क शिविरमार्फत समस्याको पहिचान र निवारणको प्रयास थालिएको हो”, उनले भने ।

नगरप्रमुख श्रेष्ठले शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको बताए ।

बाँझोपन समस्या पहिचान गरी निवारणका लागि सञ्चालन गरिएको शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यतत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा शत्रुधन शाहले जानकारी दिए । किसानले उन्नत जातका पशु पालन गरे पनि सोहीअनुसार बासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको उनले बताए ।

पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको विदुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा सुजता अधिकारीले जानकारी दिइन । उनका अनुसार पशुलाई बाँझोपन हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : २४ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने