६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा



नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा परेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् ।

कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिए । “हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन”, उनले भने, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन ।”

क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले गुनासो गरे । “हामीले हाम्रो रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा हामीलाई प्रहरी लगाएर थुन्ने धम्की दिइयो”, उनले भने, “हाम्रो घरमा अभिभावकलाई समेत फोन गरेर मानसिक तनाव दिइएको छ ।” कलेजका कारण आफूहरूको नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उनको भनाइ छ ।

क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताए । “हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उनले भने, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।” विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उनले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने बताए ।

आठौँ सत्रहान्तका विद्यार्थीसँग कलेजले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीको गुनासो छ । आठौँ सत्रहान्तका विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट नै कलेजमा धेरै समस्याको सामना गर्दै आएको बताए । “हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त कलेजको दोस्रो ब्याचको विद्यार्थी हो”, उनले भने, “कलेजले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमसमेत फिर्ता नगर्ने कलेजले जनाएको छ ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिकसत्र २०७५ बाट सिद्धान्त कलेजले अध्ययन अध्यापन गराउँदै आएको थियो । कलेजमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिकसत्र २०७६/२०८१ समूहमा भर्ना लिएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : ३८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन