२७ भदौ २०८३, शनिबार | September 12, 2026

पर्सा प्रहरीको क्राइम ब्राञ्चबाट ९ किलो चरेस र १ किलो गाँजाको धुलोसहित दुई व्यक्ति पक्राउ



वीरगन्ज । अवैध लागुऔषध चरेश र गाँजाको धुलोसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलीले पर्साको पटेर्वा सुगौली गाउपालिका वडानं ५ मनिअर्वा स्कुलको सडकबाट लागुऔषध र तस्करीको सामानसहित दुई जना तस्करलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा वडा नं ५ देउरिया बस्ने बर्ष ४५ को रामचन्द्र राय थारुको साथबाट साढे ४ किलो चरेस र आधा किलो गाँजाको धुलो बरामद गरेको छ ।

यसैगरी उनकै साथमा रहेका ५० वर्षीय जनार्दन ओझइया थारुको साथबाट सोही परिणामको चरेस र गाँजा बरामद गरेको पर्सा प्रहरीको क्राइम ब्राञ्च प्रम्ख रवीभुषण यादवले बताएका छन् ।

उनीहरुको साथबाट बी आर २२ ए जी नम्वरको भारतीय मोटरसाइकलमा सवार रहेका दुवै जनालाई पर्सा प्रहरीको हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।

पछिल्लो दिनमा पर्साका एसपी गंगा पन्त र क्राईम टोलीका प्रहरी निरीक्षक रविभुषण यादवको सक्रियतामा धमाधम एकपछि अर्को अबैध लागू औषध र तस्करीको समान बरामद भैरहेको छ ।

लकडाउन र निषेधाज्ञाको मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाकाबाट अवैध समान र लागू औषध नेपालबाट भारत र भारतबाट नेपाल ल्याउने लैजाने गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : १६ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक