२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि



काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल-चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौं उपत्यका सहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स-साना भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ०६ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर