६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलको देवीनगरमा संचालन



बुटवल । विगत एक दशकदेखि लोकसेवा तयारी कक्षा सञ्चालनसँगै विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलाप गदै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । काठमाडौंको नयाँ बानेश्वर शंखमूलमा केन्द्रीय कार्यालय रहेको एकेडेमीले आफ्नो तेस्रो शाखाको रुपमा बुटवल-११ देवीनगरमा मंगलबारदेखि औपचारिक रुपमा सेवा विस्तार गरेको हो ।

सो अवसरमा बोल्दै बुटवल ब्रान्चका प्रमुख दिपक ढकालले लोक सेवा तयारीका लागि अब बुटवलमै भरपर्दो कक्षा लिन पाउने सुविधा प्राप्त भएको उल्लेख गरे । संघीय राजधानी काडमाडौंमा लोकसेवा तयारीका लागि नाम कमाएको यस संस्थाले खरिदारदेखि सह-सचिव सम्मका तयारी कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । विशेष गरी सरकारी कर्मचारी, विभिन्न कार्यलय कर्मचारी तथा विद्यार्थीलाई मध्ययनजर गर्दै विहान १० बजेपहिले र साँझ ४ बजेपछिको समयमा कक्षा सञ्चालनलाई जोड दिइने उनले जानकारी गराए ।

एकेडेमीको विशेष पूजा विधिसहित बुटवलको मुक्तिनाथ धामका एक हजार आठ स्वामी लोकानन्दले उद्घाटन गरेका हुन् । एकेडेमीका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीले युवाहरुलाई सरकारी सेवामा प्रवशे गराएर विदेशीनबाट रोक्नका लागि आफ्नो अभियान रहेको उल्लेख गरे ।

लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको उनले जनाए । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवि प्रशिक्षकहरुबाट अध्यापन गराएने उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ५१ बजे

इरानबाट पछि हट्ने ट्रम्पको संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पछि हट्ने ट्रम्पको

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५