२० आश्विन २०८३, मंगलबार | October 7, 2026

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले दियो विद्यालयहरुमा सार्वजनिक बिदा



बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु, कुहिरो र शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन ।

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।

यसअघि रुपन्देहीका तीन स्थानीय पालिकाले विद्यालयमा सार्वजनिक बिदा दिइसकेको छ । जिल्लाका दक्षिण भेगका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिइएको हो ।

सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको हो ।

चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते