६ माघ २०८२, मंगलबार | January 20, 2026

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर



रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन् ।

विहिवार विहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर  गम्भीर घाईते भएका छन् । उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथी उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : १४ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज