२२ भदौ २०८३, सोमबार | September 8, 2026

सुनचाँदी व्यवसायीद्वारा रक्तदानसहित निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण



बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी थिइन । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामुहिक भावनाको विकास हुने जरुरी रहेको बताउदै स्थानीय सरकारले व्यवसायीहरुसंगको सहकार्यमा उनीहरुको हितमा सधै काम गर्ने जनाइन ।

उनले सुनचाँदी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पूरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं संघका सस्थापक अध्यक्ष दिपक कुमार विकले सुनचाँदी व्यवसायीहरु व्यवसायिक नाफा नोक्सानमा मात्र सिमित नभएर सामाजिक काममा पनि सरिक हुने गरेको बताउदै व्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्न व्यवसायिक एकतामा जोड दिइन ।

महासंघका निर्वतमान उपाध्यक्ष जोगलाल विकले व्यवसायको प्रवद्र्धनमा व्यवसायीहरुको सहकार्य र सहअस्तित्वलाई सधै अगाडी राखेर काम गर्न सबैलाई आग्रह गरिन ।

संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षता, सचीव चुरामणि विकको सञ्चालन तथा सहसचिव कृष्ण सुनारको स्वागतमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिता खड्लुक, संघका प्रदेश उपाध्यक्ष हरी बहादुर सुनार, संघका पूर्व जिल्ला उपाध्यक्ष एसरत्न वज्राचार्य लगायत बोलेका थिए ।

संघले आफ्ना व्यावसायी, कालिगढ तथा अन्यलाई लक्षित गरी सो कार्यक्रम आयोजना गरेको जनाएको छ । सो अवसरमा ६० युनिट रगत संकलन भएको थियो भने १ सय भन्दा बढीले निशुल्क स्वाश्थ्य परिक्षण गरेको सचीव चुरामणी विकले बताए । कार्यक्रममा केपिएल डाइग्नोसिष्ट, बुटवलले प्याकेजमा सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार