१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक



काठमाडौं । पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन् । व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन् । संशय हुने गरेकाले यसपटक भने नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राध्यापकहरुले विभिन्न पुराण, उपपुराण एवं धर्मशास्त्रका ग्रन्थका आधारमा आधिकारिक श्रीस्वस्थानी व्रतकथाको पुस्तक सार्वजनिक गरेका छन् । यसको संयोजन, सम्पादन तथा परिमार्जन वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा जनकराज भट्टले गरेका हुन् ।

पुस्तकको सम्पादन तथा परिमार्जनमा विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा डा देवमणि भट्टराई, नेपाली विषयका प्रा डा ध्रुवप्रसाद भट्टराई, व्याकरणाचार्य प्रा भीमप्रसाद कण्डेल, इतिहासपुराणाचार्य प्रा नवराज घिमिरे, सहप्राध्यापक डा श्यामप्रसाद खनाल, ऋग्वेदाचार्य सहप्राध्यापक रामचन्द्र सुवेदी र सामवेदाचार्य उपप्राध्यापक सुदर्शन पराजुलीले विशेष सहयोग गरेका छन् । श्रीस्वस्थानी व्रतकतकथाका पुस्तकमा यसभन्दा बाहिरका विषय ल्याएर सांस्कृतिक अतिक्रमण गरिएका पुस्तक बजारमा भेटिँदा पाठकमा भ्रम भइरहेको अवस्थामा आधिकारिक विद्वान्हरुबाट सम्पादन र परिमार्जजन गरिएको पुस्तकले सहयोग गर्ने आशा गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का स्थानीयवासी जयराम सापकोटा बताउँछन् ।

श्रीस्वस्थानी माताको ध्यान, श्रीस्वस्थानी भूगोलजस्ता विषयलाई पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा श्रीस्वस्थानी व्रतकथाको पृष्ठभूमि पनि व्याख्या गरिएको छ । श्रीस्वस्थानी व्रतकथालाई इतिहासपुराणका प्रा नवराज घिमिरेले चार भागमा विभाजन गर्न सकिने बताए । सृष्टिक्रम शृङ्खला अध्याय एक र दुई, महादेव–सतीदेवी शृङ्खला अध्याय तीनदेखि ११, शिव–पार्वती शृङ्खला अध्याय १२ देखि १८ र गोमा–नवराज शृङ्खला अध्याय १९ देखि ३१ सम्म वर्णन गरिने उनको विश्लेषण छ ।

पुस्तकमा श्रीस्वस्थानी व्रत पूजाविधि पनि स्पष्ट रुपमा उल्लेख गरिएकाले भक्तजनलाई सहज बनाइदिएको छ । पूजासामग्रीका लागि आवश्यक पर्ने चीजबीजहरु पनि पुस्तकमा उल्लेख गरिएकाले भक्तजनलाई यसको अभ्यासमा कठिनाइ नहुने व्यवस्था मिलाइएको छ ।

व्रत प्रारम्भ गर्दादेखिको सरल विधि, स्वस्थानी कथा वाचन विधि, जुठोसूतक परेमा वा व्रतालु महिला रजस्वला भएमा के गर्ने रु भन्ने विषयमा पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । श्रीस्वस्थानी व्रतका अभ्यासकर्ता यसबाट अलमलमा नपर्ने गरी पुस्तकमा उल्लेख गरिएको छ । पद्मपुराणमा उल्लेख गरिएका संस्कृतका १५३ मूल श्लोकसमेत समावेश गरी नेपालीमा विस्तारपूर्वक आधिकारिक व्याख्या गरिएको पुस्तकले नेपालीलाई यहाँका देवी देवताको महत्व बुझाउन सहयोग गर्नेछ ।

दैनिक कथा वाचन गर्नुअघिको पुष्पाञ्जलिको भावार्थ स्पष्ट भाषामा लेखिएको छ । दैनिक कथा वाचनपछिको पुष्पाञ्जलिका श्लोक र तिनको नेपालीमा भावार्थ पनि सामान्य रुपमा लेखपढ गरेकाले पनि बुझ्न सकिने भाषामा लेखिएको छ । ३१२ पृष्ठको शब्द रहेको पुस्तकमा छ पृष्ठको श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित देवी देवताको रङ्गीन तस्बिर पनि समावेश गरिएको छ । अन्तिम पृष्ठमा साँखुस्थित शालीनदी किनारमा रहेको श्रीस्वस्थानी माताको मन्दिरको कलात्मक मन्दिरको तस्बिरले पुस्तकको आकर्षण बढाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १० : ५२ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary