४ भदौ २०८३, बिहिबार | August 20, 2026

तिलोत्तमा सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा वार्षिक महोत्सव २०८१ सुरु



बुटवल । सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा शनिबारदेखि वार्षिक खेलकूद महोत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिका-४ मा अवस्थित विद्यालयमा ३ दिनसम्म हुने खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेल महोत्सवको पहिलो दिन विद्यार्थीले मार्चपास र ओलम्पिक मसालसहित विद्यालय प्राङ्गणको परिक्रमा गरेका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले विद्यार्थीको सर्वाङ्गिर्ण बिकासका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । यसैगरी विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठ, प्रवन्ध निर्देशक बाबुराम खनाल, सहप्राचार्य रमेश प्रसाद बस्याल, लगायतले बोल्दै सिद्धार्थ बोर्डिङले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिएका कारण खेलकूदमा महत्वका साथ लिने गरेको उल्लेख गरे । प्रतियोगितामा विद्यार्थीले ९० सहित कूल २७० पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका खेलकूद ईन्चार्ज मेघराज भट्टराईका अनुसार विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा म्याथ (गणित) रेस, छात्रहरुको ५० मिटर दौड, एक खुट्टे दौड र जुत्ता दौड हुनेछ भने छात्राहरुका लागि प्लेट रेस र चम्चा दौड हुने विद्यालयका खेल इन्चार्ज भट्टराईले जानकारी दिए । यसैगरी कक्षा ४ र ५ का विद्यार्थीले विभिन्न ९ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले म्याथ रेस,  सय मिटर र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटरको रिले दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

विद्यालयको प्राङ्गणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै हुने खेल महोत्सवमा कक्षा ६ र ७ का लागि म्याथ रेस, सय र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटर रिले दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौडेलले जानकारी दिए । यसैगरी सिनीयरतर्फ कक्षा ८ र ९ का विद्यार्थी बीच रसी तान, क्रसकन्ट्री, लङ जम्प, ज्याभलिन थ्रो, सटपुट, सय मिटर रिले दौड, म्युजिकल चियर तथा विभिन्न प्रकारका दौड प्रतियोगिता गरी ११ वटा इभेन्टमा प्रतिस्पर्धा हुने पौडेलले जानकारी दिए । कक्षा नर्सरीदेखि ३ कक्षासम्मका छात्रा तथा छात्रा बीच माघ ३ गतेदेखि प्रतियोगिता हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : ३० बजे

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त