१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा भोलीदेखि खाना महोत्सव तथा माघेसक्रान्ती मेला हुने



बुटवल । “अतिथि देवो भव” नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए ।

बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजातिको झाकी र सास्कृतिक नृत्य प्रस्तुत गरिने उनले बताए ।

थारु, मगर, नेवार, भजनकृतन जस्ता विविधता दिने गरि कार्यक्रम गरिने उनले बताए । यसैगरि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए। यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए । सडक खाना महोत्सवलाई ब्राण्ड बनाएको बेला पछिल्लो समय नया ढंगबाट चाडपर्वलाई प्रवर्द्घन हुने गरि कार्यक्रम गर्न लागेको बताए । माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको समेत ब्यवस्था गरेको उनले बताए ।

पर्यटन प्रवर्द्धन हुने गरि रोमाकान्त पाण्डेको संयोजकत्वमा कार्यशाला गोष्ठी समेत गरिने प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए । यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत माघ २ गते चौराह हस्पिटलको प्राविधिक सहयोगमा बृहत् रक्तदान र स्वस्थ्य शिविर समेत आयोजना गरिने उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ०५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले