१८ माघ २०८२, आइतबार | February 2, 2026

तिलोत्तमा नगरपालिकाका १५ जना नगर प्रहरी दिक्षीत



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलाई आईतबार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दीक्षीत गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गर्णपती आनन्द बहादुर थापा तथा नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामुहिक रुपमा दीक्षीत गरेका हुन् ।

सोही अवसरमा नगर प्रमुख रामकृष्ण खाँणले तालिम सकाएर दीक्षीत भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरवासीलाई सुरक्षाको प्रत्याभूती दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताए । उनले राज्यको दाईत्व पहिला गांस बांस र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनु पर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राखे ।

उपप्रमुख जगेश्वरी देवी चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आमनागरिकको सेवामा खट्नेमा विश्वास व्यक्त गरिन । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए । गणका गणपती आनन्द थापाको अध्यक्षतामा दीक्षान्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन