१४ बैशाख २०८३, सोमबार | April 27, 2026

दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु



दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरी रहेका छन्।

सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा५प ५१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ५३ बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा