१५ माघ २०८२, बिहिबार | January 29, 2026

सज्जा बनिन् नेपाल आइडल सिजन–३ को विजेता



काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।

आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहे ।

नेपाल आइडल निर्माण पक्षले भनेको छ–ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : ३४ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च