१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

मेहनतको फल : कोरोनाकै बीचमा जडीबुटी र फलफूलको नर्सरी, मनग्गे आम्दानी



म्याग्दी । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लागे । त्यो काम थियो – श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना ।

जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीमा १९ वर्षसम्म नर्सरी रेखदेखको काम गनुभएका घिमिरेले गत चैतमा आफ्नै घरको आगनमा श्रीखण्ड, बेलपत्र, तुलसीका साथै टिम्मुर, अरिजाउलो, पखनवेत लगायतका जडिबुटी र सुन्तला, कागती, अम्बालगायत फलफूलका बिरुवा जमाए । त्यसरी शुरु गरेको नर्सरीमा अहिले बिरुवा हर्लक्कै बढेका छन् ।

दुई लाख लगानीमा शुरु गरेको नर्सरी व्यवसायबाट घिमिरेले शुरुआती अवस्थामा नै ७० हजार आम्दानी गरिसकेका छन् ।

जिल्लामा नै पहिलो पटक श्रीखण्ड, बेलपत्र र तुलसीजस्ता बिरुवाको नर्सरी स्थापना गर्नुभएका घिमिरेले पैसा कमाउनभन्दा पनि यस्ता औषधीय गुणयुक्त अमूल्य जडीबुटीको संरक्षण र प्रचारप्रसारका लागि नर्सरी स्थापना गरेको बताउनुभयो ।

उक्त नर्सरी अहिले धेरैको आकर्षण बनेको छ । कोरोना त्रासमा पनि पोखरा, पर्वत, बागलुङ, बेनीलगायत विभिन्न ठाउँबाट बिरुवाको माग हुन थालेपछि घिमिरे उत्साहित बनेका छन् ।

“यति छिट्टै यसरी माग होला भनेर मैले सोचेको थिइन, घिमिरेले भने, “विशेष गरेर श्रीखण्ड, जडीबुटी र टिम्मुरका बिरुवाको माग बढिरहेको छ ।”

घिमिरेको नर्सरीमा अहिले श्रीखण्डका २००, बेलपत्रका ५०, टिम्मुरका ६०, कागतीका ३५, बिरुवा बाँकी छन् । अरु सबै बिरुवा बिक्री भैसकेको घिमिरेले बताए।

घरको आगनमा स्थापना गरिएको नर्सरीले एकातिर आम्दानी दिएको छ भने अर्कोतिर घरको सुन्दरता बढाएको छ ।

परीक्षणका रुपमा स्थापना गरिएको नर्सरी व्यावसायिक रुपमा नै सफल हुने देखिएपछि घिमिरेले नर्सरीमा बिरुवा वृद्धि गर्ने सोच बनाएको बताए । हुर्केका बिरुवा बिक्री गर्नुका साथै घिमिरेले सार्वजनिकस्थल, सडक र पार्कमा लगाउने गरेका छन् ।-रासस

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ३४ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर