४ पुस २०८२, शुक्रबार | December 20, 2025

रोग प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमामा आयुर्वेदिक औषधि वितरण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ ।

शंकरनगर स्थित आइसोलेसन सेन्टर र घरमैं आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो ।

नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । यस्तै घरमैं आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमैं पुगेर आयुर्वेदिक औषधि वितरण गरिने उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किएका छन् । हाल आइसोलेशनमा ४६ जना मात्र रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ ।

आयुर्वेदिक औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकल अनुसार औषधि प्रयोगमा ल्याएको हो । गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, च्वानप्रास लगायतका आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गर्नेगरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इञ्चार्ज प्रकाश ज्ञवालीले बताए ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको