२१ भदौ २०८३, आइतबार | September 7, 2026

कुनै पनि शासन व्यवस्थाको निरंकुशता र स्वेच्छाचारिता कहीँ कतै टिक्दैन : सभामुख घर्ती मगर



वुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिद दिवसको सन्दर्भमा जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गरेका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा, अमर सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्रीप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । साथै उनले अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका सम्पूर्ण महान् सहिदहरुप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलन तथा गणतन्त्रको पक्षमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरुको योगदानप्रति सम्मान व्यक्त गरेका छन् ।

“कुनै पनि शासन व्यवस्थाको निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांहरुले नेतृत्व गर्नु भएको विद्रोहले दिएको छ ।” आज जारी शुभकामना सन्देशमा सभामुख घर्ती मगरले उल्लेख गरेका छन्, –“तत्कालिन जहानीया निरंकुश राणा शासनको अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांहरुको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो ।”

सामाजिक न्याय तथा नेपाली समाजमा व्याप्त सामाजिक विभेद र अन्धविश्वासलाई हटाउन नेपाली आन्दोलन, क्रान्ति र विभिन्न काल खण्डमा भएका विद्रोहरुको पनि भूमिका रहेको जनाउँदै उनले विभिन्न काल खण्डमा भएका आन्दोलन र क्रान्तिबाटै समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको सन्देशमा उल्लेख गरेका छन् । “यसलाई अझै जनताको जनजिविकासंग जोडेर परिस्कृत र परिमार्जन गदै सबल र सक्षम गराउनु पर्ने दायित्व हाम्रो कांधमा छ । सहिद दिवसको अवसरमा लुम्विनी प्रदेवासी तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण आमा–बुबा, दिदी–वहिनी, दाजु–भाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” सभामुख घर्तीमगरको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ०८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त