१२ पुस २०८२, शनिबार | December 27, 2025

सोनाम ल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन ।

“सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भनेका छन ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ-आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : ०४ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक