१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा सोनाम ल्होसार पर्व मनाइयो



बुटवल । तामाङ जातीहरुको नया वर्ष २८६१ औ सोनाम ल्होसार बुटवलमा विविध कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घुदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गरि मनाईएको हो ।

कार्यक्रममा तामाङ संस्कृति अनुसार धर्मगुरुहरुबाट पुजापाठ गरि औपचारिक रुपमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै जातजातीहरु नगरको पहिचान भएको बताए । नगरभित्रका सबै जातजातीलाई आफ्नो संस्कृति जगेर्ना गर्न आग्रह गर्दै उनले पालिकाबाट यसका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्घता जनाए । तामाङजातीहरुको महत्वपुर्ण स्थल गुम्बा निर्माणमा यसवर्ष सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल आदीबासी जनजाती महासंघ रुपन्दही जिल्ला समन्वय समितिका उपाध्यक्ष ईन्द्र राई, नेपाल तामाङ घुदुङ लुम्बिनी प्रदेशका अध्यक्ष बिरमान लामा, नेवा पुच, नेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठले आदीबासीहरुको पहिचानलाई जोगाउने गरि सरोकारवाला संस्थाहरु एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल तामाङ युवा घेतुङका अध्यक्ष हसन्त लामाले नया पुस्तालाई भाषा र संस्कृति सिकाउने रुपमा संघहरु अग्रसर हुनुपर्ने बताए । चिनियाँ पात्रो र मन्जुश्री सम्वत २८५७ औ अनुसार पृथ्वीको गतिमा आधारित यो अन्तराष्ट्रिय सोनाम लोसार विश्वका धेरै बौद्ध देशहरुमा मनाईने अध्यक्ष राजेश लामाले बताए । नेपालसंगै चिन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया,भारत लगायत विश्वका करिब २२ देशहरुमा मनाउदै आएका छन ।

यसैबिच कार्यक्रममा बुटवल ११, बुद्घनगरमा निमार्ण भएको छयू म्येह ज्याङ छ्यूप लिङ गुम्बाको आर्थिक सहयोग गर्ने दम्पती दाताहरु जित बहादुर तामाङ र सुपजुङ तामाङ सम्मानपत्रबाट सम्मान गरिएको नेपाल तामाङ घेदुङ रुपन्देहीका सचिव शम्भु मोक्तानले बताए ।

यसअघि संस्थाबाट सामाजिक उत्तरदायित्व अन्तरगत रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । रुपन्देहीमा ५ सय घरधुरी र १० हजार जनसंख्या रहेको छ । यो वर्ष भैरहवा ईकाई, चरङे इकाईले आआफनो क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन । यसअघि जातिगत पहिरनसहित पुष्पलाल पार्कदेखि निकालिएको रयाली मणिमुकुन्द सेन उद्यानमा पुगेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ५ : ४५ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा