१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्वमा कोरोनाभाइरसबाट दुई करोड ४९ लाख २८ हजार ७८१ जना सङ्क्रमित, आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु : विश्व स्वास्थ्य संगठन



एजेन्सी । विश्वमा कोरोनाभाइरसबाट दुई करोड ४९ लाख २८ हजार ७८१ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको ।

शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । शनिबार अपराह्नसम्म सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओले तथ्याङ्क प्रकाशित गरेको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ ।
रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ३ : ०१ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना