२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व चयन

“उद्योगीहरुको निराशालाई हटाउन नया उद्योग निती”



बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट निर्वाचित संघको नयाँ नेतृत्वले शुक्रबार पदभार ग्रहण गरेको छ ।
बुटवलमा सम्पन्न अधिवेशनले संघको अध्यक्षमा उपेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । यसैगरि संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ ।

नवनिर्वाचित नयाँ कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रमाण वितरण गरे भने विशिष्ठि अतिथि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गरेका थिए ।

सो अवसरमा संघकातर्फबाट उत्कृष्ठ उद्योगका रुपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रालिलाई छनौट गरि सम्मान गरिएको थियो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई प्रदान गरे ।

बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरु स्थापना भएका छन् भने ६६ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । उद्योगहरुमा करिब ३००० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको थियो ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले हामी मुलुकलाई आर्थिक समृद्धिको बाटो अगाडी बढाउने दिशामा अगाडी बढेका छौ भन्दै जबसम्म आर्थिक विकास हुदैन तबसम्म मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरामा दृढ रहेको बताए ।

उनले राजनीतिक रुपमा उठेका विषयलाई सहि रुपमा लैजान औद्योगिक विकासमा जोड दिनुपर्ने अवस्था आएको बताउदै उद्योगीहरुको निराशालाई हटाउन नया उद्योग निती बनाउन लागेको धारणा राखे । नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

उनले बुटवल औद्योगिक क्षेत्रको विकास र उद्योगीहरुको समस्याहरुमा प्रदेश सरकार गम्भिर रहेको बताए । उनले उद्योगहरूको विकास विना राष्ट्रको विकास हुन नसक्ने बताए ।

विशिष्ठ अतिथि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले विभिन्न कायरणले नेपालको औद्योगिक वातावरण समस्या देखापरेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगहरुले नीतिगत तथा भौतिक विकासका अप्ठयारा समाधानका लागि राज्यको ध्यान जानु जरुरी रहेको बताए ।

लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउदै त्यसको भौतिक विकासमा जोड दिन आग्रह गरे ।
संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउदै उद्योग बिस्तारका लागि जग्गाको कमी भैरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपेन्द्र अग्रवालले प्रतिवद्धता मन्तव्य राख्दै औद्योगिक क्षेत्रभित्रका समस्याहरुलाई समाधान गर्न आफ्नो नेतृत्वले इमानदारिताकासाथ काम गर्ने र त्यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रम संघका अध्यक्ष हिरामणी भट्टराईको अध्यक्षता, महासचिव प्रज्वल थान्जुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली लगायत बोलेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४१ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल