२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

त्रिकोणात्मक महिला टी-२० सिरिज : नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ ।

उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ ।

तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ ।

बिहीबार भएको पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको थियो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो ।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई मात्र १०२ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य थाइल्याण्डले ६ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : २९ बजे

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा