१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

गौ आहार हस्तान्तरण गरेर सम्बन्ध सहकारीले मनायो स्थापना दिवस



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा आइतबार शिवनगरस्थित नन्दिनी गौशालामा पशु आहार हस्तान्तरण गरेको छ । विगतका वर्षमा पनि रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष गौशालाका गाई वस्तुलाई आवश्यक खाद्यान्न उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको हो ।

सहकारीका सल्लाहकार तथा बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले गौशालाका व्यवस्थापक रानी कानु बानियालाई गौ आहार हस्तान्तरण गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष क्षेत्रीले सम्बन्ध सहकारीले सामाजिक उत्तरदायित्व पूरा गरेको बताए ।

उनले गौशालालाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष लोकराज शर्माले सबै क्षेत्रको साथ र सहयोगबाट सहकारी छोटो समयमा यहाँसम्म आउन सफल भएको बताए ।

सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको शर्माको भनाइ छ । कार्यक्रममा स्वागत गर्दै सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमले गाई र गौशाला संरक्षण गर्नु सबैको दायित्व रहेको बताइन । कार्यक्रमको सञ्चालन सहकारीका सचिव कमल नेपालले गरेका थिए ।

कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा, सदस्यहरु, लेखा सुपरीबेक्षण समितिका संयोजक एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

सहकारीमा ७५० शेयर सदस्यहरु रहेका छन भने, १ करोड २५ लाख शेयर पूँजी, ५ करोड बचत, ५ करोड ऋण लगानी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५७ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय