६ श्रावण २०८३, बुधबार | July 23, 2026

थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गतको आज थाइल्याण्डविरुद्धको खेल नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्याण्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिइन् ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

थाइल्याण्ड भने तीन वटै खेलमा अपराजितछ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।

आजको खेलमा नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क