२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बुटवलमा दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन बुधबारदेखि



बुटवल । दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन बुधबारदेखि बुटवलमा आयोजना हुने भएको छ । अधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु बुटवल आउने क्रम जारी रहेको केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।

बुटवलमा २ दिनसम्म आयोजना हुने महाधिवेशनका लागि प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरु सहभागी हुँदै छन् । देशभरका विभिन्न १९ वटा सेक्टरबाट प्रतिनिधिहरु सहभागी हुने जानकारी गराइएको छ । महाविधेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनको संघीय सांसद योगेश शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको अवसरमा युवा पिंढी तथा नयाँ पुस्तालाई थकाली संस्कृति र मर्यादा बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने कोषध्यक्ष संजिव तुलाचनले जानकारी दिए ।

महाधिवेशनले अध्यक्ष, दुई जना उपाध्यक्ष, सचिव, २ जना सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदाधिकारी रहनेगरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सम्पन्न भएपछि रुपन्देहीका पर्यटकीय स्थलहरु भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जितगढी किल्ला लगायतका ठाउँहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको थकाली युवा परिवारले जनाएको छ ।

क्रिकेटर गौचनसहितका व्यक्तिहरुलाई सम्मान

महाधिवेशनको अवसरमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गर्नुका साथै पवित्र धार्मिकस्थल पुङयुङ ओढार (बाह्र वर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्नेस्थल) पुनः निर्माणका लागि ५० हजार आर्थिक सहयोग हस्तान्तरण लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : २१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर