८ चैत्र २०८२, आइतबार | March 23, 2026

राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवल विजयी



धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा न्यू होराइजन बुटवल विजयी भएको छ ।

बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एकसय ५७ रनको योगफल बनाएको थियो । होराइजनका लागि दीपक डुम्रेले ४५ रन बनाए । यस्तै आरिफ खानले ४१, कप्तान दिलीप नाथ र प्रतीक श्रेष्ठले समान २० रन जोडे । बलिङतर्फ दशरथका लागि कप्तान भुवन कार्कीले दुई, खडक बोहरा, सलाउदिन खानले र रूपेसले एक÷एक विकेट लिए ।

एकसय ५८ रनको विजयी लक्ष्य पछ्याएको दशरथचन्द एकेडेमी १४ दशमलव पाँच ओभर खेलेर एकसय छ रनमै समेटिन पुग्यो । दशरथका लागि वसन्त खत्रीले २० रन जोडे । हिमाल दौल्यालले १९, सुमित बुडालले १४ र दिवान पुनले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङतर्फ तुलबहादुर थापाले तीन, विपर्सन केसी र बीर मगरले दुई÷दुई, महेश भार, सिद्धान्त शाही र निर्मल गुरूङले एक÷एक विकेट लिए । लगातार दुई हार बेहोर्न पुगेको दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी प्रतियोगिताबाट बाहिरिएको छ । आजको जितसँगै न्यू होराइजन बुटवल दुई अङ्क सुरक्षित गरेको छ ।

तीन विकेट लिएका बुटवलका तुलबहादुर थापा नवजीवन सहकारी संस्था ‘प्लेयर अफ द म्याच’ घोषित भई रू दश हजारसहित ट्रफी पाए ।

धनगढी विजयी

आजै भएको अर्को खेलमा डिसिए धनगढीले बोष्टन क्रिकेट झापालाई पाँच रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको डिसिए धनगढीले निर्धारित ओभरमा एकसय ४३ रन बनायो । उसका लागि ओपनर लोकेश बलमे अर्धशतकीय पारी खेले । छत्तीस बलको सामना गरेका उनले चार छक्का र चीन चौका हिर्काए ।

टिमका लागि अमित श्रेष्ठले २५, मिलन बोहराले १८ रन बनाए । बोष्टन झापाका लागि पवन कार्की अभिषेक कार्की र रोशन शाहले दुई दुई विकेट लिए । रूसिल रिमालको नामा एक विकेट रह्यो । एक सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टन झापाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एकसय ३७ रन मात्रै बनाउन सक्यो । उसका लागि दिपु भुजेलले २८ रन, रोहन विक र अरूण ऐरीले समान २६ रन बनाए । कप्तान अभिनाश सिंह १३ रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् ।

डिसिएका लागि नारायण जोशी र राहुल भण्डारीले दुई दुई विकेट लिए । भोजराज भट्टको नाममा एक विकेट रह्यो । खेलमा अर्धशतक बनाएका डिसिएका लोकेश बम नवजीवन सहकारी संस्था प्लेयर आफ द म्याच घोषित भई रू दश हजार र ट्रफी पाए ।

भोलिको पहिलो खेल न्यू होराइजन बुटवल र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौँका बीच तथा दोस्रो खेल घोडाघोडी–११ र बोष्टन क्रिकेट झापाका बीच हुने कार्यतालिका छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ३८ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय