२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलका थप ३१ स्थानमा हाइमाक्स लाईट जडान सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले थप ३१ स्थानमा हाइमाक्स लाईट जडान सुरु गरेको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाइमाक्स लाईट जडान गरेको उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान सुरु गरेको हो ।

बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाइमाक्स लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा शिलान्यास गरे ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको बताए ।

बुटवललाई उज्यालो शहर बनाउनका लागि थप हाइमाक्स लाइट जडान गर्न लागिएको बताए । ‘बुटवल उज्यालो शहरको रुपमा बढाउन थप ३१ स्थानमा जडान गरिएको हो । अझै १७ स्थानमा जडान गर्ने लक्ष्य छ,’-उनले भने ।

यस्तै प्रमुख पाण्डेले बुटवलमा १२५ स्थानमा सिसिटिभि जडान गरिएको बताए । उनले योगिकुटी, राजमार्ग चौराह, अस्पताललाईन र गोलपार्कमा गरी ४ स्थानमा ट्राफिक लाईट जडान गर्ने प्रक्रिया केही दिन भित्रैमा सुरु हुने बताए । बुटवलका विभिन्न स्थानमा सार्वजनिक सौचालय, प्रतिक्षालय र व्यवस्थित सडकको निर्माण गरिने बताए ।

हाइमाक्स जडान बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघिय सरकारबाट समपुरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी करिव साढे चार करोड रकमबाट जडान गर्न थालिएको हो । हाइमाक्स लाईट जडानको ठेक्का जेठ मसान्त भित्रमा सक्ने गरी त्रिसन्धा सेफ स्टील्स काठमाडौंले ४ करोड ४३ लाखमा लिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : २८ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने