२० मंसिर २०८२, शनिबार | December 6, 2025

चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने गरि नयाँ निर्देशिका पारित गरेको छ ।मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको हो ।

नयाँ पारित निर्देशिकामा चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नुपर्ने व्यवस्था गरिएको छ । यसअघिको रहेको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएको स्वास्थ्य मन्त्रालयको ठहर छ ।

नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निर्देशिकामा निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ननुपर्ने व्यवस्था गरिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था गरिएको छ ।

यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्‍यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा घातक चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०र२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश र पछाडिको भागमा भने एउटा सन्देश २० प्रतिशत र अर्कोमा १० प्रतिशत राख्नै पर्ने व्यवस्था छ ।

निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धुम्रपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका अनुसार अवदेखि सन्देश र चित्र स्पष्ट देखिनेगरी प्याकेजिङ र लेबलिङ गर्नु पर्ने पनि भनिएको छ । उत्पादकले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छपाई गर्नुपर्ने चेतावनीमूलक सन्देश र चित्रहरुको अपभ्रंस नहुने, नबिग्रने र नछोपिने गरी सूर्तीजन्य पदार्थहरू प्याकेजिरू र लेबलिरू गर्नु पर्ने छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय