२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह-प्राचार्य शंकर प्रसाद पौडेलले जानकारी दिए ।

विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको उनले बताए । बालबालिकाहरुको अभिभावक समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले कविता, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठले बालबालिकालाई सानैदेखि असल र व्यवहारिक शिक्षा दिएर मात्रै भविष्यको असल नागरिक निर्माण गर्न सकिने उल्लेख गरे । साना बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुको क्षमता र सीप पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै उनले विद्यालयले पुस्तकका सैद्धान्तिक त्रानलाई सीप र व्यवहारमा जोड्न अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उल्लेख गरे ।

विद्यालयमा प्राचार्य यम रानाले विद्यार्थीको अन्तरनिहित क्षेमता पहिचान गरि सोही अनुसार शैक्षिक गतिविधि सञ्चालन गरेकै कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको उल्लेख गरे । कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

विद्यालयका सह प्राचार्य रमेश प्रसाद बस्यालको स्वागत तथा शिक्षक मेघराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयमा स्थापना गरिएको आकृति स्मृति अक्ष्यकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ, भागीरथी देवी ट्रस्टका संरक्षक रोमिमाला प्रधान, तिलोत्तमा नगरपालिकाका अधिकृत माधव पोखरेल तथा श्रृजनशिल टोल बिकास समितिका अध्यक्ष तुलसी पौडेल लगायतले शुभकामना व्यक्त गर्दै बालबालिकाहरु काँचो माटो भएका कारण उनीहरुलाई आकार दिने काम विद्यालय र शिक्षकको हुने उल्लेख गरे । भोलीको नागरिक र समाज कस्तो हुन्छ भन्ने कुरा आज उनीहरुलाई दिइने शिक्षामा निर्भर हुने बताउँदै उनीहरुले बालबालिको प्रतिभा पहिचानमा ध्यान दिन आग्रह गरे ।

विद्यालयले बुधबार जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । यसैगरी विद्यालयले सोही कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यसका साथै विद्यार्थीहरुले आविस्कार गरेका तथा निर्माण गरेका विभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक शंकर पौडेलले जानकारी दिए ।

बुटवल । रुपन्देहीको तिलोत्तमा(४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर प्रसाद पौडेल जानकारी दिए ।

विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको उनले बताए । बालबालिकाहरुको अभिभावक समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले कविता, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठले बालबालिकालाई सानैदेखि असल र व्यवहारिक शिक्षा दिएर मात्रै भविष्यको असल नागरिक निर्माण गर्न सकिने उल्लेख गरे । साना बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुको क्षमता र सीप पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै उनले विद्यालयले पुस्तकका सैद्धान्तिक त्रानलाई सीप र व्यवहारमा जोड्न अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उल्लेख गरे ।

विद्यालयमा प्राचार्य यम रानाले विद्यार्थीको अन्तरनिहित क्षेमता पहिचान गरि सोही अनुसार शैक्षिक गतिविधि सञ्चालन गरेकै कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको उल्लेख गरे । कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

विद्यालयका सह प्राचार्य रमेश प्रसाद बस्यालको स्वागत तथा शिक्षक मेघराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयमा स्थापना गरिएको आकृति स्मृति अक्ष्यकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ, भागीरथी देवी ट्रस्टका संरक्षक रोमिमाला प्रधान, तिलोत्तमा नगरपालिकाका अधिकृत माधव पोखरेल तथा श्रृजनशिल टोल बिकास समितिका अध्यक्ष तुलसी पौडेल लगायतले शुभकामना व्यक्त गर्दै बालबालिकाहरु काँचो माटो भएका कारण उनीहरुलाई आकार दिने काम विद्यालय र शिक्षकको हुने उल्लेख गरे । भोलीको नागरिक र समाज कस्तो हुन्छ भन्ने कुरा आज उनीहरुलाई दिइने शिक्षामा निर्भर हुने बताउँदै उनीहरुले बालबालिको प्रतिभा पहिचानमा ध्यान दिन आग्रह गरे ।

विद्यालयले बुधबार जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । यसैगरी विद्यालयले सोही कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यसका साथै विद्यार्थीहरुले आविस्कार गरेका तथा निर्माण गरेका विभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक शंकर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : ५९ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता