२१ बैशाख २०८३, सोमबार | May 4, 2026

जाजरकोटमा जडीबुटी प्रशोधन सुरु



सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ ।

विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो ।

हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे चार टन खरिद गरी प्रशोधन गरिएको उनले बताए। “पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडीबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य छ”, उनले भने ।

प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–१ र ३ राताचौरमा निर्माणपछि स्थानीयस्तरमा रोजगारी सिर्जना र भेरी करिडोर हुँदै जिल्लाबाहिर जाने जडीबुटी जिल्लामै प्रशोधन गरी बजारीकरण गर्न सकज भएको छ । यसबाट स्थानीय नागरिक पनि उत्साहित भएका छन् ।

कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै त्यसको यही प्रशोधन हुनेछ । रासस

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ३३ बजे

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको