२३ बैशाख २०८१, आइतबार | May 5, 2024

डा. पाण्डेको सुझाव : कोरोना विरुद्ध लड्ने क्षमता बढाउन राम्रोसँग सुत्नुर्छ



काठमाडौं । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना विरुद्ध लड्नका लागि राम्रोसँग सुत्न सुझाव दिएका छन् ।

डा. पाण्डेले आफ्नो फेसबुक वालमा स्वास्थ्य टिप्स राख्दै कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका हुने जनाएका छन् ।

रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुनेभन्दै पाण्डेले लेखेका छन्, ‘हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

हामी रातिमा ७-९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुने डा. पाण्डेले उल्लेख गरेका छन् । राम्रोसँग सुत्दा खुसी बढ्ने र रोगसँग लड्ने क्षमता वृद्धि हुने उनले तर्क गरेका छन् ।

हामी कति घण्टा सुत्नुपर्छ ?
डा. पाण्डेका अनुसार १४–२५ बर्षको उमेरको व्यक्ति ८–१० घण्टा सुत्नुपर्छ । यस्तै, २६–६४ बर्षको व्यक्ति ७–९ घण्टा घण्टा सुते पुग्छ ।

६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई . ७–८ घन्टा सुत्नुपर्ने उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ५१ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि