४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमाका लागि ‘डेडिकेटेट’ फार्मेसी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन भन्दै डेडिकेटेट फार्मेसी संचालनमा ल्याइएको हो । आजबाट संचालन गरिएको फार्मेसीले भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

फार्मेसी सेवाको उद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवासँगै अस्पताललाई सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । उनले सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको उनको गुनासो छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् । बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उनले उल्लेख गरे । अस्पतालमा सवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स(रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको उनले जानकारी दिए ।

अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स(रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको