१३ पुस २०८२, आइतबार | December 28, 2025

सुर्खेतमा महाकुम्भ तर्फको तिर्थयात्री सवार बस दुर्घटना, ३६ जना घाइते



सुर्खेत । सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको बताए । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ३९ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार