२० मंसिर २०८२, शनिबार | December 6, 2025

खेलकुदमा उच्छृङ्खलतालाई छुट छैन : मन्त्री चौधरी



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्यसचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

उक्त घटनाका विषयमा जानकारी लिन आज परिषद् पुगेका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय भएको उल्लेख गर्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने तथा गराउन आफू पछि नहट्ने बताए ।

सो अवसरमा राखेप उपाध्यक्ष ध्रुव आचार्यको पनि उपस्थिति रहेको थियो । उपाध्यक्ष आचार्यले गलत क्रियाकलाप गर्नेलाई नियमानुसार कारबाही हुनुपर्ने बताए ।

त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरुका तर्फबाट उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गराउन आवश्यक पहल थाल्न मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ०३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल