९ चैत्र २०८२, सोमबार | March 23, 2026

बालुवाटारमा एमाले-कांग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक



काठमाडौं । सत्तारुढ एमाले र कांग्रेसले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन्।

बैठकमा अध्यादेश कसरी पास गर्नेबारे छलफल केन्द्रित रहेको छ । संसदमा निर्णायार्थ पेश गरिएका ६ वटा अध्यादेश पारित गर्ने आवश्यक संख्या अभाव भएपछि अप्ठेरोमा परेको सरकारले विभिन्न विकल्पहरु खोजिरहेको छ । सरकारमै सहभागी लोसपा र सत्तासाझेदार जसपा नेपालले भूमि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि एमाले कांग्रेसका नेताहरुको ध्यान अहिले एकीकृत समाजवादीमा रहेको छ । उनीहरुले एकीकृत समाजवादीलाई अध्यादेशबाटै जन्माएको र अध्यादेश ल्याउन नदिएर जोगाएको तर्क गर्दै सो पार्टीका नेताहरुलाई फकाउने र तर्साउने प्रयास गरिरहेका छन् ।

यस्तै बैठकमा सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको बैठक बसेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०८ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी